Logo
Logo

पूर्वराजा ज्ञानेन्द्रमा संवेदनशीलता देखिएन : विश्वप्रकाश शर्मा


441
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीनकुनेमा राजावादी समूहको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले संवेदनशीलता नदेखाएको बताएका छन् ।

बुधवार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री शर्माले प्रदर्शन पूर्वराजावादीहरूको आह्वानमा भएको भन्दै पूर्वराजाको अप्रत्यक्ष संलग्नता रहेको जिकिर गरे। उनले प्रदर्शनपछि एक पत्रकारको मृत्यु हुँदा समेत पूर्वराजाले कुनै प्रतिक्रिया नजनाएको प्रति असन्तोष व्यक्त गरे।

‘फागुन ७ मा अपिल गर्ने पूर्वराजा तीनकुने घटनाप्रति संवेदनशील हुनुहुन्नरु उहाँलाई दुख्नु पर्दैन? उहाँको आह्वानमा प्रदर्शन भएपछि पत्रकारको ज्यान जाँदा उहाँलाई कुनै समवेदना महसुस हुँदैन?’ उनले प्रश्न गरे। साथै, राज्यको सम्पत्ति तोडफोड हुँदा गम्भीर गल्ती भएको अनुभूति गर्दै त्यसबारे बोल्नुपर्ने उनको उनको भनाई रहेको छ ।

महामन्त्री शर्माले राजतन्त्र परिवारवादमा आधारित रहेको भन्दै गणतन्त्रमा महिला राष्ट्रपतिसम्म निर्वाचित भएको स्मरण गराए। ‘राजसंस्थामा सधैं पुरुषले मात्र अवसर पाउँछन्, तर गणतन्त्रले दोस्रो राष्ट्रपति नै महिलालाई बनाएको छ,’ उनले भने।

उनले राजनीतिक दल र सरकारप्रति रहेका असन्तुष्टिहरूलाई सुधार्दै जानुपर्ने आवश्यकता औंल्याउँदै २०८४ सालको निर्वाचनपछि मुख्य राजनीतिक दलहरूमा नेतृत्व परिवर्तन हुने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्