काठमाडौं । मङ्गलवार सेयर बजार परिसूचक नेप्से २३.८६ अङ्कले बढेको छ । आज बजार बढेसँगै २७ सय अङ्कमा पुगेको छ । अघिल्लो दिन बजार १६ अङ्क घटेको थियो । बजार बढ्दा कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ५ अर्ब ७९ करोडको कारोबार भएकोमा आज ५ अर्ब ४४ करोडको भयो ।

कुल १६६ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो । अधिकांश सेक्टरका सूचक बढेका छन् । व्यापार सेक्टर सबैभन्दा धेरै ९.४४ प्रतिशत बढ्यो । विशाल बजार कम्पनीको मूल्य करिब १० प्रतिशत बढ्दा यो सेक्टरमा उच्च वृद्धि देखिएको हो ।
बैङ्किङ ०.५१, विकास बैङ्क ०.३०, फाइनान्स ३.१२, होटल तथा पर्यटन ०.५९, हाइड्रोपावर ०.४२, लगानी १.३७, जीवन बीमा ०.२५, माइक्रोफाइनान्स ०.१७, अन्य ०.३५ प्रतिशत बढे । उत्पादन १.४७ र निर्जीवन बीमा समूह ०.२६ प्रतिशतले घटेको छ ।