Logo
Logo

तीनकुने भएको हिंसात्मक प्रदर्शनबारे जवाफ दिन गृहमन्त्रीलाई संसदीय समितिमा बोलाइयो


882
Shares

काठमाडौं । संसदीय समितिले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ ।

प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिले राजावादी समूहको प्रदर्शनमा भएको लुटपाट, तोडफोडढ तथा आगजनीको घटनाबारे जवाफ दिन गृहमन्त्री लेखकलाई समितिमा बोलाएको हो ।

बुधबार सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले राजावादी समूहको प्रदर्शनका क्रममा भएका जनधनको क्षतिबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने माग राखेका थिए । उक्त विषयमा जवाफ दिनका लागि गृहमन्त्री लेखक आगामी शुक्रबार बस्ने बैठकमा उपस्थित हुने समितिका सभापति रामहरि खतिवडाले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्