हेटौंडा । रौतहटको गौरबाट काठमाडौं जाँदै गरेको जिप मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोबर गाउँपालिकास्थित बतासेमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

इन्द्रसरोवर गाउँपालिका-२ बतासेस्थित भीमफेदी-कुलेखानी-सिस्नेरी काठमाडौं सडक खण्डमा आज बुधवार दिउँसो ना१ज ५४८५ नम्बरको जिप ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको हो ।
दुर्घटनामा परी ३ जना यात्रु गम्भीर घाइते भएका छन् । दुर्घटनामा १ जना घाइतेको अवस्था मध्यम, ५ जना घाइतेको अवस्था सामान्य रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उपचारका लागि काठमाडौं पठाइएका घाइतेहरूको पहिचान खुलेको छैन ।