काठमाडौं । नेपालका डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको छ। फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको विश्वका अर्बपतिहरूको सूचीअनुसार सन् २०२५ मा चौधरीको कुल सम्पत्ति (नेटवर्थ) २ अर्ब डलर पुगेको छ। सन् २०२४ मा उनको नेटवर्थ १ अर्ब ८० करोड डलर रहेकोमा एक वर्षको अवधिमा २० करोड डलरले बढेको हो।

फोर्ब्सको विश्वका धनाढ्यहरूको सूचीमा चौधरी १,७६३औँ स्थानमा उक्लिएका छन्। नेपालको प्रतिष्ठित नबिल बैंकमा उनको प्रमुख सेयर हिस्सेदारी छ भने उनी लोकप्रिय ‘वाई वाई’ चाउचाउका मालिक पनि हुन्। वाई वाईका कारखानाहरू भारत, सर्बिया र बंगलादेशमा समेत सञ्चालित छन् ।
चौधरीको नेतृत्वमा रहेको सीजी कर्पोरेसनले १४३ वटा सञ्चालन गर्दै आइरहेको छ । यीमध्ये भारतको प्रसिद्ध ताज होटल चेनसँग सम्बन्धित विलासी होटलहरू पनि समावेश छन्।