काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्स खेल्दै छन् । खेल एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । लगातार दुई जित निकालेको बेंगलुरु घरेलु मैदानमा पहिलो खेल खेल्दै छ ।

बेंगलुरुले प्रतियोगिताको पहिलो खेलमा कोलकतलाई हराएको थियो । बेंगलुरुले कोलकातालाई उसकै घरेलु मैदानमा हराएको हो। दोस्रो चेन्नईलाई १७ वर्ष पछि उसको घरेलु मैदान चेपकमा पराजित गरेको थियो । बेंगलुरु ४ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ ।
यस्तै, गुजरातले खेलेको २ खेल मध्ये १ मा जित र १ मा हारका व्यहोरेको छ । एकमा जित एकमा हारसँगै गुजरात अङ्क तालिकाको चौथो स्थानमा छ । गुजरात पहिलो खेलमा पञ्जाब किंग्ससँग पराजित हुँदा दोस्रा खेलमा भने मुम्बई इण्डियन्सलाई हराएको थियो ।
बेंगलुरु र गुजरातबीच आइपिएलमा हालसम्म ५ खेल भएको छ । जसमा बेंगलुरु ३ खेलमा विजयी हुँदा २ खेलमा गुजरातले बाजी मारेको छ ।