काठमाडौं । साविक विजेता ललितपुर सिटी एफसीले नेपाल सुपर लिग २०२५ मा पहिलो जित निकालेको छ । विदेशी खेलाडीको उत्कृष्ट प्रदर्शन सहयोगमा ललितपुरले बुधबार पोखरा थन्डर्सलाई ३–२ गोलअन्तरले पराजित गरेको हो ।

जितपछि दुई खेलबाट ४ अंक जोडेर ललितपुर अङ्कतालिकामा शीर्ष स्थानमा उक्लेको छ । ललितपुरका लागि जोनाथान कान्टिलानाले दुई तथा इमोह इजेकेलेल एक गोल गरे ।
पोखराका लागि मार्की प्लेअर समिर तामाङ र विदेशी खेलाडी जोए आइडुले एक–एक गोल गरे । पोखराको यो लगातार दोस्रो हार हो । दुई खेलबाट अङ्कविहीन पोखराका लागि अब बाँकी यात्रा कठिन बनेको छ ।