Logo
Logo

एकैदिन ३ हजार ९ सय रुपैयाँ घट्यो सुन


378
Shares

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन आज तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो ।

हिजो १ लाख ८० हजार ३ सयमा कारोबार भएको सुन आज प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि तोलामा १२५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको एक हजार ८७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्