Logo
Logo

क्यानाडाका कप्तान निकोलस किर्तन पक्राउ


1.4k
Shares

काठमाडौं । क्यानाडाका कप्तान निकोलस किर्तनलाई बार्बाडोसमा प्रहरीले पक्राउ गरेको छ ।  नर्थ अमेरिकन कपको तयारीमा रहेका किर्तनलाई बाबाडोस प्रहरीले गत आइतबार हिरासतमा लिएको हो । निकोलस किर्टनलाई ठूलो मात्रामा प्रतिबन्धित पदार्थ बोकेको आरोपमा पक्राउ गरिएको छ।

‘क्रिकेट क्यानडालाई राष्ट्रिय टोलीका खेलाडी निकोलस किर्टनमाथि लागेको आरोप र हिरासतबारे जानकारी गराइएको छ,’बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘हामी सक्रिय रूपमा स्थितिको निगरानी गरिरहेका छौँ र घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौँ । क्रिकेट क्यानडा पारदर्शिता सुनिश्चित गर्न प्रतिबद्ध छ र थप विवरण हरू उपलब्ध भएपछि अद्यावधिकहरू प्रदान गर्नेछ ।’

किर्तनले क्यानडाका लागि २१ ओडिआई खेलमा ५ सय १४ रन र २८ टि ट्वान्टी आई मा ६ सय २७ रन बनाएका छन् । उनले सन् २०२० मा क्यारेबियन प्रिमियर लिग९सिपीएल० को टोली जमैका तल्लावाह्सका लागि तीन खेल खेलेका थिए ।

क्यानडाबाट खेल्नु अघि किर्तनले वेस्ट इन्डिज यू–१९ र बार्बाडोसबाट खेलेका थिए ।

क्यानडाको राष्ट्रिय पुरुष टोली आगामी उत्तर अमेरिका कपको लागि उनीहरूको तयारीमा पूर्ण रूपमा केन्द्रित छ । जुन अप्रिल १८ मा केम्यान टापुमा सुरु हुनेछ। पहिलो पटक आयोजना हुन लागेको नर्थ अमेरिकाज कप अप्रिलमा क्यानडाले बहामास, बर्मुडा, केम्यान आइल्यान्ड्स र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्