Logo
Logo

तीनकुनेमा प्रदर्शनको अनुमति नदिन सरकारलाई संसदीय समितिको निर्देशन


630
Shares

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने आसपासका क्षेत्रमा सभा, धर्ना, विरोध प्रदर्शनजस्ता कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको छ ।

समितिले तीनकुने घटनाका दोषीउपर छानबिन गरी कानुनी कारबाही अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

त्यसबारे गृहमन्त्री रमेश लेखक, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दिपक थापा र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँगको छलफलपछि समितिले अब त्यसक्षेत्रमा कार्यक्रम आयोजना गर्ने अनुमति नदिन सरकारलाई निर्देशन दिएको हो ।

बैठकमा बोलेको सबै सांसदले तीनकुने संवेदनशील रहेकाले त्यहाँ प्रदर्शन आयोजना दिनु प्रशासनको कमजोरी भएको भन्दै आलोचना गरेका थिए ।

समिति सभापति रामहरि खतिवडाले बैठकको अन्त्यमा निर्णय सुनाउँदै तीनकुने आसपासका क्षेत्रमा सभा, धर्ना, विरोध प्रदर्शनजस्ता कार्यक्रम गर्न अब अनुमति नदिन सरकारलाई निर्देशन दिए । खतिवडाले तीनकुनेमा गत १५ चैतमा राजावादीहरूले विरोध प्रदर्शन गर्दा भएको घटनाको भत्र्सना गर्ने निर्णय गरिएको जानकारी दिए ।

संसदीय समितिले आगामी दिनमा यस्ता खालका हिंसात्मक घटनाहरू दोहोरिनबाट रोक्न एवं संविधान, कानुन एवं संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रक्षाको लागि गम्भीरताका साथ अघि बढ्न पनि सरकारलाई निर्देशन दिएको छ ।

समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायलाई साधन–स्रोत सम्पन्न बनाउन आवश्यक बजेटको व्यवस्था गर्न पनि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्