Logo
Logo

जनमोर्चाले सङ्घीयता खारेजीको लागि साताव्यापी आन्दोलन गर्दै 


315
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेजीको माग गर्दै यही चैत २४ देखि ३० गतेसम्म काठमाडौंकेन्द्रित विभिन्न आन्दोलनका कार्यक्रम गर्ने भएको छ ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेजीका लागि साताव्यापी काठमाडौंकेन्द्रित आन्दोलन घोषणा गरेको हो  । आन्दोलन कार्यक्रमअन्तर्गत २४ चैतमा शान्तिबाटिकामा सभा आयोजना गरिने छ । २५ चैतमा चावहिल चोकमा, २६ गते माइतीघरमण्डलामा, २७ गते गोंगबुचोकमा, २९ गते न्युरोडस्थित भूगोलपार्कमा, २९ गते भृकुटीमण्डपमा र ३० गते पुनः शान्तिबाटिकामा सभा आयोजना गरिने राष्ट्रिय जनमोर्चाले जनाएको छ ।

केसीले देशले अब सङ्घीयता धान्न नसक्ने भन्दै सङ्घीयता बोकिरहे मुलुकको अस्तित्व नै सङ्कटमा पर्ने जिकिर गरे । उनले सङ्घीयता अन्तर्गतको प्रदेश संरचना खारेज गरेर प्रशासनिक इकाई मात्रै राख्ने र प्रजातान्त्रिक विकेन्द्रीकरण गरी स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए ।

प्रादेशिक संरचनाको कारण देशले अनावश्यक आर्थिक बोझ बोक्नु परेको बताएका अध्यक्ष केसीले सङ्घीयता खारेज गरेर शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सरकारसँग माग गरे ।

‘दुई वटै संविधानसभामा राष्ट्रिय जनमोर्चा छ । सङ्घीयता अन्तरिम संविधानमार्फत कसरी बोकाइयो भन्ने हामीलाई थाह छ । सङ्घीयता नेपाली जनताले माग गरेर र देशको आवश्यकताले आएको होइन । काँकडभिट्टादेखि महेन्द्रनगरसम्मको तराईलाई अलग गरेर एक मधेश एक प्रदेश बनाउने उद्देश्यले भारतले बोकाइदिएको हो । केसीले भने । ’

राष्ट्रिय जनमोचाले देशको रक्षा र एकजुटका लागि पनि सङ्घीयताको खारेजी बाहेक अरू कुनै विकल्प नरहेको बताउँदै आएको छ । राष्ट्रिय जनमोचाले नेपाल सङ्घीयतामा गइरहेको समय देखी नै सङ्घीयताले नेपाललाई टुक्रा-टुक्रा पार्ने र भ्रष्टहरूको पोस्ने कार्य गर्ने भन्दै यसको खारेजीको माग गर्दै आइरहेको छ । 

 यता सरकार र सरकार बाहिर रहेका केही राजनीतिक दलका नेताहरूले पनि सङ्घीयता स्थानीय तह हरुमो विकासको लागि ल्याइएको भए पनि त्यो हुन नसकेको भन्दै प्रदेशको विषयमा सोच्ने समय आएको बताउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्