Logo
Logo

पहिलो परीक्षामा प्रहरी महानिरीक्षक सफल, रोकिएला बढुवामा बढेको बिकृती ?


- दृष्टि न्युज/संवाददाता

252
Shares

काठमाडौं, १ साउन ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका लागि एआईजी बढुवा पहिलो परीक्षा मानिएको थियो । जसमा उनी सफल भएका छन् । बरियता र कार्यकक्षमताकै आधारमा एआईजी बढुवा सिफारिस भएपछि धेरैले यसमा सकारात्मक प्रतिक्रिया दिएका छन् । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई एआईजी बढुवामा सिफारिस गरेको छ ।


जुनियर डिआईजी विश्वराज पोखरेललाई जसरी पनि एआईजीमा बढुवा गर्न शक्तिकेन्द्रहरुबाट भएको चलखेल असफल भएको छ । यसले प्रहरीका व्यवसायिक अधिकृतहरु खुशी भएका छन् । चलखेलकै आधारमा एआईजी बढुवा भएको भए त्यसले प्रहरीमा खराब नजिर बस्ने र काम भन्दा नेताको घर धाउने प्रवृत्ती बढ्ने जोखिम थियो । उपप्रधानमन्त्री ईश्वर पोखरेलदेखि संवैधानिक निकायका प्रमुखहरु लाग्दा समेत उनी सफल भएनन् । स्रोतका अनुसार पोखरेललाई बढुवा गर्दा प्रहरीमा पर्ने असरबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ भएपछि उनले सिनियर नै बढुवा गर्न निर्देशन दिएका थिए । सोही अनुसार गृहसचिव महेश्वर न्यौपानेले बुधबार बढुवा समितिको बैठक राखेर निर्णय गराएका हुन् । यो निर्णयले सरकारको पनि साख बढेको छ । यसमा प्रहरी महानिरीक्षक थापाको पनि ठूलो भूमिका छ । उनले सुरुदेखि नै जुनियरलाई बढुवा गर्न नहुने अडान राखेका थिए ।
अबका अन्य बढुवाको निर्णयमा प्रहरी महानिरीक्षक थापाले कत्तिको अडान राख्न सक्छन् त्यो भने हेर्न बाँकी छ । पछिल्लो केही वर्षयता शक्तिेन्द्रको आडमा बढुवामा चरम बेथिती बढेको छ ।

प्रतिक्रिया दिनुहोस्