Logo
Logo

झापा प्रहरीको सफलताः १४ वर्षअघिको हत्या मुद्दा सुल्झियो


- दृष्टि न्युज/संवाददाता

0
Shares

झापा, १ साउन ।
झापा प्रहरीले १४ वर्ष पुरानो एक हत्याकाण्ड सुल्झाएको छ ।
तत्कालिन टागनडुब्बा– ९ हाल टागनडुब्बा गाउँपालिका ३ मा पर्ने नन्दुलाल विश्वकर्माको घरा नत्यु विकको हत्याका अभियुक्त हाल पक्राउ परेका छन् ।


हत्यामा संलग्न बौदल लामगाधे भनिने पुन्य प्रसाद विश्वकर्मा पक्राउ परेका हुन् । आफ्नो साइकल लिन जाँदा पुन्य प्रसादले कुटपिट गरेर उनको हत्या गरेको प्रहरीले जनाएको छ । मदिराको नशामा उनले हत्या गरेका हुन् ।


१४ वर्षसम्म पनि पुन्य प्रसाद पक्राउ परेका थिएनन् । उनी घरमा नबसी लुकिछिपी बस्दै आएका थिए । इप्रका काँकडभित्ता समेतको टोलीले उनलाई मेचिनगर वडा नम्बर ८ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण प्रसाद कोइरालाले बताए । अनुसन्धान पुरा नभएका पुराना घटनाको अनुसन्धान गर्ने क्रममा उनी पक्राउ परेका हुन् । विश्वकर्मालाई कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्