Logo
Logo

एक वर्षमा चार इन्सपेक्टरसहित ३६ प्रहरी रंगेहात पक्राउ


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ साउन ।
एक वर्षको अवधिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ६९ वटा सफल स्टिङ अप्रेसन गरेको छ । जसमा दुई सय ५८ जना पक्राउ परेको आयोगले जनाएको छ । पक्राउ पर्नेहरुमा सहसचिव तहका कर्मचारीदेखि जनप्रतिनिधिसम्म छन् । कर्मचारीलाई घुस दिनेहरु समेत स्टिङ अप्रेसनमा परेका छन् । ३६ जना प्रहरी समेत पक्राउ परेका छन् ।


स्टिङ अप्रेसनमा दूई हजार रुपैयाँदेखि २० लाख रुपैयाँसम्म बरामद भएको छ ।
जनता मावि धुनषाका शिक्षक महेन्द्र महतो दुई हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । सबैभन्दा धेरै घुसरकमसहित पक्राउ पर्नेमा डिभिजन सडक कार्यालय प्यूठानका डिभिजन प्रमुख धुव्रकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन छन् । उनीहरु २० लाख रुपैयाँसहित २५ मंसिरमा पक्राउ परेका थिए । जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख रुपैयाँसहित पक्राउ परेका थिए ।

३६ प्रहरी पक्राउ
रंगेहात पक्राउ पर्नेमा ३६ जना प्रहरी छन् । जनसमध्ये चार जना सशस्त्र प्रहरीका छन् । एक वर्षमा तीन इन्सपेक्टर समेत रंगेहात पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाका जय थापा, कैलालीमा कार्यरत प्रकाशसिंह कार्की र सर्लाहीका इन्सपेक्टर रामकिशोर शाह पक्राउ परेका थिए । वडा प्रहरी कार्यालय भिमफेदीमा कार्यरत इन्सपेक्टर रामबालक रायलाई भने प्रहरीले नै घुससहित पक्राउ गरी अख्तियारमा बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्