Logo
Logo

नबिल बैंकको ३६औँ वार्षिकोत्सव अफर, साना ब्यवसाय कर्जामा विशेष छुट


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । वर्तमान महामारीलाई मध्यनजर गर्दै, नबिल बैंकले सम्पूर्ण ऋणी ग्राहकको आवश्यकतालाई सहज पर्ने उद्देश्यले ‘३६औँ वार्षिकोत्सव योजना’ ल्याएको छ । उक्त योजनाअन्तर्गत बैंकले रिटेल कर्जा (घरकर्जा, धितोकर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला व्यवसाय कर्जामा विशेष व्याज छुट दिने भएको छ ।

जस अन्तर्गत घर कर्जामा ७.९९ प्रतिशत, धितो कर्जामा ८.४९ प्र्रतिशत, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९ प्र्रतिशत र साना तथा मझौला कर्जामा ७.९९ प्र्रतिशत रहेको छ । सीमित समयको लागि बैंकले ल्याएको विशेष छुट वार्षिकोत्सव योजनाको प्रक्रिया सबै शाखाहरुबाट अगाडि बढाउन सकिनेछ । यस योजनाबाट रिटेल र साना तथा मझौला व्यवसायका ग्राहकहरुलाई केही सहायता पुग्ने बैंकले विश्वास लिएको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम सेवाको शुरुआत गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवं आधुनिक बैंकिङ युगको शुरुआत गर्नेतर्फ केन्द्रित रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्