Logo
Logo

कृषिमन्त्री र सचिवबीच कार्य सम्पादन करार


- दृष्टि न्युज/संवाददाता

0
Shares

हेटौँडा, २ साउन । वागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, दावादोर्जे लामा र सचिव डा योगेन्द्रकुमार कार्कीबीचमा आर्थिक वर्ष २०७७÷७८ का लागि कार्यसम्पादन करारपत्रमा हस्ताक्षर गरिएको छ । आर्थिक वर्ष २०७७/७८ को पहिलो दिनमै वागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीका बीचमा कार्यसम्पादन करार भएलगतै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र सचिवबीचमा चालू आर्थिक वर्षको लागि कार्यसम्पादन करारसम्बन्धी पत्रमा शुक्रबार हस्ताक्षर गरिएलगतै मन्त्रालय बागमती प्रदेशमा कार्यसम्पादन करार गर्ने पहिलो मन्त्रालय बनेको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय हेटौंडामा आयोजित कार्यक्रममा सचिव डा योगेन्द्रकुमार कार्कीले चालू आवको कार्यक्रम तोकिएको समयमै सम्पन्न गर्ने गरी करारपत्रमा हस्ताक्षर गरी बुझाएका हुन् । सोही कार्यक्रममा मन्त्री दावादोर्जे लामाको समुपस्थितिमा सचिव डा कार्कीले कृषि विकास निर्देशनालय हेटौँडाका प्रमुख र पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयमा निर्देशकबीचसमेत कार्यसम्पादन करार गर्नुभएको छ ।
मन्त्रालयको चालु आर्थिक वर्ष २०७७÷७८ को लागि नीति कार्यक्रम तथा बजेट पारित भएअनुसार मन्त्रालयले आफ्नो कामकारबाही र कार्यसम्पादनलाई सहज तुल्याउने उद्देश्यले मन्त्री तथा सचिवबीच कार्यसम्पादनसम्बन्धी करारनामा गरिएको प्रवक्ता डा शरणकुमार पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रमको समापन गर्दै मन्त्री लामाले चालू आवका कार्यक्रमहरु तोकिएको अवधिमा सम्पन्न गर्ने गरी जिम्मेवारी र प्रतिवद्ध भई काम गरेमा मात्र समाजमा समृद्धि र सुसासन कायम हुने र लक्ष्यमा पुग्न सकिने बताउनुभयो । कार्यक्रममा मन्त्रालय, कृषि विकास निर्देशनालय, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका कर्मचारीहरु तथा पत्रकारहरुको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्