काठमाडौं, ३ साउन ।
सत्तारुढ नेकपाभित्रको विवाद नयाँ मोडमा पुगेको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा एकता महाधिवेशन गरेर आफूले नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव राखेका छन् ।
शनिबारको सचिवालय बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन् । त्यसमा अर्का अध्यक्ष प्रचण्ड तथा अन्य नेताहरु सकारात्मक रहेको बताइएको छ । मंसिरमा गर्ने भनिएको एकता महाधिबेशनको प्रस्तावमा नेता माधव कुमार नेपाल असन्तुष्ट छन् ।
उता बैठकपछि दुवै अध्यक्ष राष्ट्रपति बिद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन् ।