काठमाडौं, ४ साउन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तामा तारानाथ अधिकारी नियुक्त भएका छन् । अधिकारीले आइतबारदेखि कार्यभार सम्हालेको आयोगले जनाएको छ ।
आयोगको प्रवक्ता रहेका प्रदीप कोइरालाको पर्यटन मन्त्रालयमा सरुवा भएपछि अधिकारीले जिम्मेवारी पाएका हुन् ।