Logo
Logo

जिल्ला न्यायाधीशको नतिजा प्रकाशित


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, ४ साउन ।
न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदको लिखित परीक्षाको नतिजा प्रकाशित गरेको छ । लिखित परीक्षामा महिला, आदिवासी/जनजाति तथा पिडिएको क्षेत्रतर्फको आरक्षण कोटामा कोही पनि उत्तिर्ण हुन नसकेको आयोगले जनाएको छ ।

जिल्ला न्यायाधीशका २९ पदका लागि भएको परीक्षामा महिला र पिछडिएको क्षेत्रको लागि १÷१ तथा आदिवासी÷जनजातीका लागि २ सिट छुट्याइएको थियो । आरक्षणतर्फका ती चारै सिटमा कोही पनि उत्तिर्ण हुन सकेनन् ।
आन्तरिक खुलातर्फ १४ जना माग भएको १६ तथा खुलातर्फ ९ को माग भएकोमा २६ जनाले नाम निकालेका छन् । मधेसी कोटातर्फ १ मा २ जना तथा अपांंगतर्फ १ कोटामा एक जनाले नाम निकालेका छन् । परीक्षामा आन्तरिक खुला तथा अन्य आरक्षणमा नाम निकाल्ने सबैले खुलामा पनि नाम निकालेका छन् । लोक सेवा आयोगको समेत संलग्नतामा भएो परीक्षमा दुई सय २९ जना सहभागी भएका थिए । लिखित परीक्षामा उत्तिर्ण हुनेहरुको २१ साउनदेखि अन्तर्वाता हुने आयोगले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्