Logo
Logo

बोलबल मेलामा रोक, देवघाटधाम सुनसान !


- दृष्टि न्युज/संवाददाता

0
Shares

चितवन, तनहुँ र नवलपुरको सङ्गम पवित्र तीर्थस्थल देवघाटधाम । कोरोना भाइरस सङ्क्रणका कारण यसवर्ष देवघाटमा बोलबम मेला गर्न रोक लगाएपछि साउन महिनाको पहिलो सोमबार भक्तजनको सङ्ख्या न्यून देखिएको छ । रासस

भरतपुर, ५ साउन । पवित्र तीर्थस्थल देवघाटधाम साउनको पहिलो सोमबार भक्तजनको न्यून उपस्थिति छ । विगत वर्षमा लाखौँ भक्तजन स्नानका लागि आउने देवघाट कोभिड –१९ का कारण सुनसान जस्तै बनेको हो ।
विकास समितिले विगतका वर्षमा नियमित गर्दै आएको बोलबम मेला यस वर्ष रोकेको छ । समितिले स्नानका लागि नआउन भक्तजनलाई आग्रह गरेको छ । समितिका अध्यक्ष शिवराज पौडेलले स्नानका लागि खासगरी वृद्धवृद्धा बढी आउने र तिनमा कोरोनाको उच्च जोखिममा रहेकाले रोक लगाइएको बताए ।
उनले देवघाटमै बस्नेहरु पनि अधिकांश वृद्धवृद्धा बताएको बताएँदै भने, ‘उहाँहरुलाई संक्रमण नफैलियोस् भन्नाका लागि रोक लगाएका हौँ ।’ उनले चितवन, तनहुँ र नवलपुर प्रशासनले पनि सूचना जारी गरेर देवघाटमा स्नानका लागि नआउन आग्रह गरेको बताए । पहिलो सोमबार फाट्टफुट्ट मात्र भक्तजन देवघाट आएको पौडेलले जानकारी दिए ।
देवघाटमा करीब १५ वर्ष पहिलेदेखि बोलबम मेला हुँदै आएको छ । ‘एक हप्ताअघिदेखि नै मेला नआउन अपिल गर्दै भक्तजनसम्म सूचना प्रवाह गरिरहेका छौँ’, पौडेलले भने । साउनका हरेक सोमबार हजाराँंैँ तीर्थयात्री देवघाट आउँथे र स्नान, पूजापाठ गरी फर्किन्थे तर अहिले सहज समय नभएपछि पूर्वतयारी पनि नगरिएको विकास समितिले जनाएको छ ।
देवघाट धाम परापूर्वकालदेखि पवित्र तीर्थस्थलका रुपमा परिचित छ । धर्मशास्त्रमा सो भूमिमा परापूर्वकालमा देवता बसोबास गरेकाले यस पवित्र भूमिको नाम देवघाट रहन गएको हो भनी उल्लेख गरिएको छ । हिन्दू धर्मशास्त्रमा उल्लेख गरिएअनुसार चारधाम क्षेत्र स्नान गरेर यस तीर्थमा स्नान गरिएको छैन भने मानव जीवन व्यर्थ हुनाका साथै अन्यत्र तीर्थ नगई यस तीर्थमा मात्र स्नान गरे मात्र पनि चारधाम तीर्थ गए बराबरको पुण्य प्राप्त हुन्छ ।
साउन भगवान् शिवको प्रिय महिना भएकाले पूर्णरुपमा व्रत बस्नाले चिताएको पुग्ने र पुण्य प्राप्त हुने विश्वास राखेर पूर्ण निष्ठा र आदरका साथ शिवको पूजाआराधना गरिन्छ । विवाहिता तथा अविवाहिताले हातमा हरियो पहेँलो चुरा, मेहन्दी र गेरुवा वस्त्र धारण गरेर शिव महिमा गाउँदै तलाउ, कुण्ड, नदीमा स्नान गरेर पवित्र भई शिवालयमा पुगी बेलपत्र, जल, दूध, भाङ, धतुरोलगायत सामग्री चढाएर भगवान् शिवको पूजा गर्छन् ।

प्रतिक्रिया दिनुहोस्