Logo
Logo

ग्लोबल साना तथा मझौला व्यवसायी कर्जा अब ८.९९ प्रतिशतमै उपलब्ध


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै मात्र ८.९९ प्रतिशत व्याजदरमा साना तथा मझौला व्यवसायी कर्जा (एसएमई लोन) उपलब्ध गराउने भएको छ ।

बैंकले कोभिड–१९ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवं सहजरुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा वृद्धि गर्ने उद्देश्यका साथ छोटो अवधिमै कर्जा प्रवाह गर्न लागेको हो । कर्जा लिन चाहने महानुभावहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको तीन कार्य दिनभित्र बिनाझन्झट कर्जा प्राप्त गर्न सक्नुहुनेछ ।

ग्राहक महानुभावले नेपालभरि फैलिएका ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्नुहुनेछ । यस सेवाअन्तर्गत आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका व्यवसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा रु. १५ लाखदेखि रु. एक करोडसम्म कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्