काठमाडौं, ६ साउन ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को स्थायी कमिटी बैठक सुचारु भएको छ । तर, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् ।
बैठकमा आफ्नो आलोचना हुने चाल पाएपछि उनी अनुपस्थित भएका हुन् । पटक पटक स्थगित भएको बैठक आज सुचारु भएको हो ।