Logo
Logo

अस्ताए कम्युनिस्ट आन्दोलनका अथक योद्धा बुढा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ साउन । नेपाली कम्युनिस्ट आन्दोलनका अथक योद्धाको बर्मन बुढाको निधन भएको छ । ९० वर्षको उमेरमा बुधबार बुढाको निधन भएको हो । सामन्तवाद विरोधी नेपाली जनताको मुक्ति युद्धमा उनी सधै अग्रमोर्चामा रहेका थिए ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडितबाट बुढाको उपचारकै क्रममा पाटन अस्पतालमा निधन हो हो । उनको आज बुधबार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।
कम्युनिष्ट योद्धा बुढालाई श्रद्धाञ्जली दिनका नेकपालगायत विभिन्न नेर्ताहरु पशुपति आर्यघाट पुगेका थिए । बुढालाई अन्तिम विदाई गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल, सभामुख अग्नि सापकोटा, पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यलगायतका नेताहरु आर्यघाट पुगेका थिए ।
त्यस्तै, देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल, मन्त्रीहरु रामबहादुर थापा, वर्षमान पुनलगायतका नेताहरु बुढालाई अन्तिम श्रद्धान्जली दिन पशुपति आर्यघाट पुगेका थिए । बुढा तत्कालीन एकता केन्द्रको तर्फबाट २०४८ सालमा रोल्पाबाट प्रत्यक्ष निर्वाचित सांसद बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्