काठमाडौं । यही साउन ६ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेड र नबिल बैंक लिमिटेडबीच प्रतिऋणपत्र अंकित तथा चुक्ता मूल्य रु १,००० कायम भएको २० लाख थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले सर्वसाधारणसमक्ष लक्ष्मी क्यापिटल मार्केट लिमिटेडमार्फत् २० लाख थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ खुल्ला बिक्री आह्वान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २० लाख थान ऋणपत्र वितरण भई स्टक एक्सचेन्जमा सूचीकरण भएको छ ।
ऋणपत्र सूचीकरण सम्झौतापत्रमा स्टक एक्सचेन्जका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गर्नुभएको हो । नविल बैंकले आफ्नो देशभर ११८ शाखा कार्यालय, १७५ एटिएम र १५ सयभन्दा धेरै नबिल रेमिट एजेन्टसहित विभिन्न देशमा रहेका ऐजेन्टको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको प्रमुख संस्थागत सञ्चार विभागका कृष्ण सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।