काठमाडौं, ११ साउन । गुरुङ कला र संस्कृतिमा बनेको नेपाली चलचित्र ‘बारपाकी माया’को सिक्वेल बन्ने भएको छ । गोरखाको बारपाक गाउँमा सम्पूर्ण छायाँकन गरिएको चलचित्र ‘बारपाकी माया’ले गुरुङ संस्कारको विषयलाई उठान गरेको थियो ।
बारपाक बिरचक्र भिसी गजे घलेको गाउँ हो । बारपाकमा घले र गुरुङको ठुलो बस्ती रहेको छ । लकडाउनको समयमा चलचित्र ‘बारपाकी माया–२’को स्क्रिप्ट तयार पारिएको निर्माणपक्षले जनाएको छ । ‘बारपाकी माया–२’मा बिशेष गरेर बारपाकको जनजीवन र त्यहाँको रहन–सहनलाई समेटिने बताइएको छ । करिब ८० लाखको बजेटमा निर्माण हुने चलचित्रको छायाँकन उत्तरी गोर्खाको बारपाक, लाप्राक, मम्चे डाँडा, धार्छेजस्ता रमणीय स्थानहरुमा गरिने जनाइएको छ ।
०७२ सालको महाभुकप्मअघि बनेको चलचित्रले बारपाकी गाउँको सुन्दर दृश्यहरु कैद गरिएको थियो । महाभुकम्पले उक्त गाउँ तहसनहस भएको थियो । अहिले पुनर्निर्माणपछि बनेको गाउँको दृश्यहरुलाई ‘बारपाकी माया–२’ले समेट्ने छ । लकडाउनको समाप्तिस“गै नेपाल सरकारले छायां“कन गर्ने अनुमति दिनासाथ छाया“कनमा जाने तयारीमा रहेको निर्माणपक्षले जनाएको छ ।
‘बारपाकी माया’लाई दर्शकले रुचाएर्क कारण यसको सिक्वेल निर्माण गर्न लागिएको हो । चलचित्रमा केही कलाकार पुराना दोहोरिने र धेरै नयाँँ रहने भएका छन् । चलचित्रको लागि कलाकार अडिसनमार्फत छानिने जनाइएको छ । चलचित्र निर्माण कम्पनीले चलचित्रमा काम गर्न चाहनेहरुले अडिसनमा भाग लिन आव्हान गरेको छ । चलचित्रलाई रोधी डिजिटल स्टुडियोका प्रितम गुरुङले निर्देशन गरेका हुन् । ‘बारपाकी माया’को सिक्वेल ‘बारपाकी माया–२’लाई पनि निर्देशक प्रितम गुरुङले नै निर्देशन गर्दैछन् ।