Logo
Logo

इ–पासपोर्टमा चलखेल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ साउन । नेपालमा सेक्युरिटी प्रेस स्थापनाको चलखेल बन्द भएपछि इ–पासपोर्ट छपाइमा चलखेल सुरु भएको छ । परराष्ट्र मन्त्रालय अन्र्तगतको राहदानी विभागले इ–पासपोर्ट छपाइको टेण्डर साउन १५ गते टुंग्याउने तयारी गरेको छ ।

गत फागुनमा टेण्डर प्रक्रिया अघि बढाइएकोमा पटक पटक म्याद थप गरेर आगामी साता टेण्डर हाल्ने समय सकिदैछ । २० लाख इ पासपोर्ट छपाईका लागि हुन लागेको यो प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय कम्पनीका नेपालका लोकल एजेन्टहरुले शक्तिकेन्द्रसँग चलखेल गरिरहेको स्रोत बताउँछ ।

एमआरपी छपाइको काम गरेको फ्रेन्च कम्पनी ओभरथेरले इ–पासपोर्ट छपाईको प्रतिस्पर्धामा रहेको स्रोत बताउँछ । त्यस्तै नेपाललाई सेक्युरिटी प्रेस बेच्न तयार भएको फ्रेन्च कम्पनी आइएन, जर्मन कम्पनी भेरिडोस ग्रुपका प्रतिनिधिहरु समेत यसमा लागेका छन् । भेरिडोसले विगतमा यती समूहलाई हात लिएको थियो ।

सरकारले आगामी वर्षदेखि इ–पासपोर्ट जारी गर्ने तयारी गरेको छ । हाल एमआरपीको संख्या पाँच लाख मात्र छ । जुन एक वर्षलाई मात्र पुग्छ । अर्काे वर्षदेखि अत्याधुनिक इ–पासपोर्ट जारी गर्नका लागि गत वर्ष पनि टेण्डर भएको थियो । तर, नेपालमै सेक्युरिटी प्रेस स्थापना गरेर छाप्ने योजना सरकारले अघि बढेपछि टेण्डर रद्द भयो ।

पहिलेभन्दा अहिले टेण्डरका स्पेशिफिकेसनहरु परिवर्तन गरिएको छ । शक्तिकेन्द्रहरुको चलखेल रहेका यो टेण्डर परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको लागि समेत अग्निपरीक्षा हुनेछ । टेण्डर प्रक्रिया निष्पक्ष नभएमा अहिलेसम्म दाग नलागेका मन्त्री ज्ञवालीको राजनीतिक ‘करिअर’मै धक्का पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्