Logo
Logo

ओलीले स्थगन गरेपनि नेकपाको स्थायी कमिटी बैठक बस्दै


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १३ साउन ।
आलोचना सहन नसकेपछि केपी शर्मा ओलीले नेकपाको स्थायी समिति बैठक स्थगित गरेका छन् । तर, नेताहरुले उनको यो निर्णय नमान्ने भएका छन् ।


अर्का अध्यक्ष प्रचण्ड लगायत नेता बैठक बस्ने तयारीमा छन् । बालुवाटारमा आधा जसो स्थायी समिती सदस्यहरु जम्मा भइसकेका छन् । नेता झलनाथ खनालले स्थायी समिति बैठक स्थगित नभएको र आजै बस्ने जानकारी दिए ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबुकमार्फत बैठक स्थगित भएको जानकारी गराएका थिए । तर, स्थायी समिति सदस्यहरुलाई यसबारे जानकारी गराइएको थिएन । ओलीले पटक पटक बैठक स्थगित गरेपछि प्रचण्ड र माधव नेपाल पक्ष अब पेलेर जाने तयारीमा छन् । सो कुरा थाहा पाएपछि ओलीले बेठक स्थगित गरेका हुन् ।

पार्टी र सरकार एकलौटी रुपमा चलाएको र सरकार बदनाम हुँदै गएको भन्दै सचिवालय र स्थायी समिति बैठकमा उनको राजिनामा माग भएको थियो । लगत्तै ओलीले संसद अधिवेशन अन्त्य गरी अध्यादेश ल्याएर पार्टी फुटाउने तयारी गरेपछि नेकपाभित्र विवाद चर्कदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्