काठमाडौं, १५ असार
सर्लाहीको प्रहरी चौकी गौरीशंकरका प्रहरी सहायक निरीक्षक राम विश्वास राय यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई छुटाई दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुसररिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई पाँच हजार रुपैपाँ घुससहित पक्राउ गरेको थियो ।
अनुसन्धानको सिलसिलामा प्रहरी चौकी गौरीशंकर, सर्लाहीका प्रहरी सहायक निरीक्षक राम विश्वास राय यादवले सेवाग्राहीसँग चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको मोटरसाइकल छुटाइदिने प्रयोजनको लागि घुस लिएको तथ्य पुष्टि हुन आएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको भ्रष्टाचारजन्य कसुर भएकोले निज प्रहरी सहायक निरीक्षक राम विश्वास राय यादवलाई बिगो पाँच हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिवाना र कैद सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको आयोगले जनाएको छ ।