Logo
Logo

भयावह हुँदै कोरोना, जगदम्बा इन्टरप्राइजेजका सिईओसहित थप तीनको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

कठमाडौं, १६ साउन ।
कोरोना संक्रमण र मृत्यु हुनेको संख्या ह्वात्तै बढेको छ । बिहीबार एकैदिन वीरगन्जमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा जगदम्बा इन्टरप्राइजेजका सिइओ र दुई जना वीरगन्ज निवासी पुरुष रहेको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहले जानकारी दिए। ६५ वर्षीय जगदम्बाका सिइओ भारतीय नागरिक हुन्। उनको हालै मुटुको बाइपास सर्जरी गरिएको थियो । उनी गत साउन ७ गते संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए।


’उहाँलाई बिहानै देखि अक्सिजन कमी भएपछि भेन्टिलेटरमा राखेका थियौं। तर उहाँको राति ११ बजेतिर मृत्यु भयो,’ उनले भने।

बाँकी दुई जना मृतक पनि वीरगन्जकै हुन्। जसमा ३५ वर्षीय युवक र ७५ वर्षीय वृद्ध रहेका छन्। युवक गत बुधबार अस्पताल भर्ना भएका थिए।

उनमा केही दिनदेखि ज्वरोको समस्या देखिएको थियो। उनको पनि गण्डक अस्पतालमै उपचारको क्रममा मृत्यु भएको हो।

अर्का ७५ वर्षीय वृद्धको भने घरमै मृत्यु भएको र पछि स्वाब परीक्षण गर्दा नतिजा पोजेटिभ देखिएको डा. सिंहले जनाए। वीरगञ्जमा समुदायमा संक्रमण फैलिएको संकेतपछि व्यवसाय बन्द गरिएको छ । वीरगञ्जका मेयर विजय सरावगीलाई समेत संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्