काठमाडौं, २५ साउन ।
भारतीय दूतावासले नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा भारतीय राजदूत विनय क्वात्राले प्रधानसेनापति पूर्ण चन्द्र थापालाई भेन्टिलेटर हस्तान्तरण गरेका छन् ।
सहयोग सामाग्री दुई करोड ८० लाख रुपैयाँ बराबरको भएको भारतीय दूतावासले जनाएको छ । सहयोग सामाग्रीबाट ‘कोभिड– १९ प्रतिकार्य राष्ट्रिय अभियान २०७७’ मा सहयोग पुग्ने सेनाले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।