काठमाडौं, २८ साउन ।
नेकपाका अध्यक्षद्वयबीच नौ दिनपछि भेटघाट भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा केपी शर्मा ओली र प्रचण्डबीच भेट भएको हो ।
विवादका कारण दुई नेताबीच भेटघाट नै हुन सकेको थिएन । विवादका कारण बैठक समेत बस्न सकेको छैन । उता प्रधानमन्त्री समेत रहेका ओलीले पाँच दिनभित्र पार्टीभित्रको विवाद हल हुने एक टेलिभिजन अन्र्तवार्तामा बताएका छन् ।