काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबार काठमाडौं जिल्लाको बूढानीलकण्ठ नगरपालिका वडा नं. १०, कपनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको शुरुवातसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५९ पुगेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यका साथ ७१ वटा जिल्लामा फैलिएको २५९ शाखा सञ्जाल सहित २३५ एटिएम, ४० एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २१८ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत सेवा प्रदान गरेको छ ।
सबैका लागि बैंक भन्ने नारालाई सार्थकता दिँदै बैंकले २० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।