काठमाडौं, ३० असार ।
नेपाल प्रहरीको कल्याण कोष अन्र्तगत सञ्चालित पेट्रोल पम्पमा एक करोड भन्दा धेरै अनियमितता भएको छ । नक्सालस्थित पम्पमा कार्यरत प्रहरी सहायक निरीक्षक दिलिप कार्कीले पम्पको पैसा आफ्नोमा खातामा जम्मा गरेर अनियमितता गरेका हुन् । उनको अनियमिततामा उच्च प्रहरी अधिकारीको समेत मिलेमतो रहेको स्रोत बताउँछ ।
उनले पम्पको एक करोड ८ लाख ९९ हजार एक सय ८४ रुपैयाँ हिनामिना गरेको खुलेपछि प्रहरी प्रधान कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ ।
सर्वेन्द्र खनालको कार्यकालमा पम्पमा यसरी हिनामिना भएको हो । एक्लैले यसरी हिनामिना असम्भव भएको र पम्पका अन्य प्रहरी, कल्याण कोषका अधिकारीहरु समेत तानिने सम्भावना छ । असई कार्की उच्च प्रहरी अधिकारीका प्रिय थिए । अनियमितामा उनले अन्य प्रहरी अधिकारीलाई दोष दिएका छन् ।