Logo
Logo

दुर्घटना न्यूनीकरण गर्न सवारी साधनको झल्लर हटायो


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १ भदौ । बागमती प्रदेश प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरेको विभिन्न कार्यक्रमअन्तर्गत सवारी साधनमा राखिएका झल्लर हटाइएको छ ।

सजावटका लागि सवारी साधनको अगाडि सिसाको छेउमा जडान गरिएका विभिन्न झल्लरहरुका कारण चालकले अगाडिको दृश्य राम्ररी नदेख्ने भएकाले दुर्घटनाको सम्भावना हुने हुँदा अनावश्यकरुपमा सवारी साधनमा जडान गरिएका झल्लरहरु हटाइएको हो । बागमती प्रदेश प्रहरी कार्यालयले सवारी साधनमा राखिएका झल्लरहरु हटाउने अभियान २०७७ असार २ गतेबाट शुरु गरेको थियो ।

उक्त अभियान शुरु भएदेखि आजसम्म एक हजार ८५० झल्लर हटाइएको छ । एक हजार ५०२ वटा सवारी साधनमा राखिएका झल्लर हटाइएको छ । ड्युटीमा खटिएको ट्राफिक प्रहरीले सवारी साधनमा राखिएका झल्लर हटाएका हुन । बिभिन्न प्रकारका सवारी साधन ट्रक, टिपर, बसलगायतका सवारी साधनमा राखिएको झल्लर हटाइएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालयमा प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामा आएपछि सवारी दुर्घटना न्यूनीकरणका लागि वार्षिक कार्ययोजना तयार गरी विभिन्न कार्यक्रम र अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्