Logo
Logo

कोभिड–१९ : रूसीखोप नेपाल भित्र्याऔँ


- रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

0
Shares

  • रमेश घिमिरे (स्वतन्त्र पत्रकार)

गत वर्ष डिसेम्बर महिनामा चीनको वुहान शहरबाट शुरू भएको कोभिड–१९ ले सम्पुर्ण विश्व त्राहिमाम भएको छ । यो लेख लेख्दासम्म विश्वभर कोरोना संक्रमितको संख्या सवा दुइ करोड नाघिसकेको छ । यस्तै यस महामारीले लगभग सातलाख सत्तरी हजार जनाले आफ्नो ज्यान गुमाइसकेका छन् । नेपालमा संक्रमितको संख्या छब्बीस हजार नाघिसकेको छ भने मृत्यु हुनेको संख्या १०२ पुगेको छ ।

विश्वको यस्ता विषम परिस्थितिमा गत मंगलवार रूसी राष्ट्रपति भ्लादीमिर भ्लादीमिरोवीच पुटीनले मस्कोमा कोभिड–१९ को पहिलो खोप बनाएको घोषणा गरेका छन् । र उनले यो खोप आफ्नी दुई छोरीमध्ये कोरोना संक्रमिक एक छोरीलाइ दिइएको बताएका छन् । गामेलिया इन्स्टिच्युटद्वारा निर्माण गरिएको यस खोपको नाम विश्वको पहिलो भू–उपग्रह स्पूतनिक–वी राखिएको छ । रूसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले भारतसहित विश्वका २० भन्दा बढी देशबाट करोडौं डोजका लागि प्रि–अर्डर प्राप्त भइसकेको बताएका छन् । र रूसले यस्को ठूलो परिणाममा उत्पादन पनि शुरु गरिसकेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा भएको एक पत्रकार सम्मेलनमा भनेका छन्– ‘मलाई रुसले बनाएको भनिएको खोप बारेमा धेरै थाहा छैन  । तर त्यो खोप प्रभावकारी र उपयोगी हुन्छ भन्नेमा मलाई विश्वास छ ।’ उनले अगाडि भने– ‘मलाई जानकारी भएसम्म कोरोनाविरुद्धको खोप तयार पार्ने रुस विश्वकै पहिलो मुलुक भएको छ, यो दर्ता भइसकेको पनि मैले थाहा पाएको छु’, उनले भने  । ट्रम्पले चाँडै नै ठूलो मात्रामा सो खोपको उत्पादन र प्रयोग हुन थाल्ने विश्वास व्यक्त गरेका छन्  ।

शुरुमा यस खोपको अमेरिकासहित केही पश्चिमा मुलुकहरुले यस खोपको विश्वसनीयताबारे प्रश्न उठाएका थिए । तर आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसमा भएको एक पत्रकार सम्मेलनमा भनेका छन्– ‘मलाई रुसले बनाएको भनिएको खोप बारेमा धेरै थाहा छैन  । तर त्यो खोप प्रभावकारी र उपयोगी हुन्छ भन्नेमा मलाई विश्वास छ ।’ उनले अगाडि भने– ‘मलाई जानकारी भएसम्म कोरोनाविरुद्धको खोप तयार पार्ने रुस विश्वकै पहिलो मुलुक भएको छ, यो दर्ता भइसकेको पनि मैले थाहा पाएको छु’, उनले भने  । ट्रम्पले चाँडै नै ठूलो मात्रामा सो खोपको उत्पादन र प्रयोग हुन थाल्ने विश्वास व्यक्त गरेका छन्  । आधारभूत प्रक्रियाहरू पूरा गर्ने र परीक्षण सबै सफल भएपछि आधिकारिक निकायले त्यसको प्रयोगका लागि स्वीकृति दिने उनको भनाइ छ  । नयाँ खोप प्रक्रियामा गएको छ र अहिलेसम्म सकारात्मक नतिजा आएको थाहा पाउँदा आफूलाई निकै खुसी लागेको उनले बताएका छन्  ।

विगतमा पनि रूसले ज्ञान–विज्ञानको क्षेत्रमा निकै ठूला सफलताहरू प्राप्त गरेको इतिहास छ । ४ अक्टोबर १९५७ मा रूसले पहिलो भूउपग्रह स्पूतनिक–१ प्रक्षेपण गरेर भूउपग्रहको क्षेत्रमा इतिहास कोरेको थियो । त्यस्तै १२ अप्रिल १९६१ का दिन रूसी अन्तरिक्षयात्री यूरी गागरीनले पृथ्वीको एक फन्को मारेर अन्तरिक्षमा मानव उडानको युग शुरू गरेका थिए । अन्तरिक्षमा गागरीनले १०८ मिनेटको उडान भरेका थिए । र अहिले आएर सोभियत संघको विघटन भएपश्चात पनि कोभिड–१९ को पहिलो खोप बनाएर रूसले फेरि आफ्नो वैज्ञानिक श्रेष्ठता प्रमाणित गरेको छ ।

रूसद्वारा निर्माण गरीएको यस खोपले सम्पूर्ण मानवजातिकै रक्षा गर्नमा ठूलो भूमिका हुनेछ । यसमा कुनै सन्देह छैन । अहिले नेपालमा तीव्रगतिले कोरोना संक्रमित र यसबाट मृत्यु हुनेको संख्या निरन्तर डरलाग्दोरूपमा बढिरहेको छ । यस्तोमा नेपाल सरकारले आफ्नो पुरानो मित्र देश रूससँग अविलम्ब वार्ता गरी सो खोपलाई चाँडोभन्दा चाँडो नेपाल भित्र्याउन विलम्ब गर्नु हुँदैन । यसका लागि मित्र देश रूससँग तुरून्त कूटनीतिक पहल होस् ।

Twitter : @rmshghimire

प्रतिक्रिया दिनुहोस्