Logo
Logo

कम्युनिष्ट आचरण र व्यवहार


- शम्भु श्रेष्ठ

0
Shares

  • शम्भु श्रेष्ठ

प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक प्रधानमन्त्री बनेको साढे दुई वर्ष अर्थात् आधा कार्यकाल बितेको छ । पहिलो कार्यकाल भूकम्प र त्यसपछिको नाकाबन्दीले त्यति सहज बनेन । तर पनि नाकाबन्दीविरुद्ध भारतीय शासकहरुसँग भिडेर उनले राष्ट्रवादी छवि बनाए । सिंगो नेपाली जनता उनको पछि उभिए । दोस्रो कार्यकाल ओलीका लागि सुनौलो अवसर थियो र, छ पनि । दोस्रो कार्यकालमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा जारी गरेर उनले राजनेताको छवि बनाएका छन् । उनको यस कार्यमा सिंगो सार्वभौम संसद् एक ठाउँमा उभियो । नेपाली जनता राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताप्रति कति प्रतिबद्ध छ भन्ने कुरा यो पछिल्लो घटनाले पनि पुष्टि ग¥यो ।

शम्भु श्रेष्ठ

२०४८ सालपछि नेपालमा धेरै प्रधानमन्त्री भए । तर, कसैले भारतसँग आँखामा आँखा जुधाएर राष्ट्रको पक्षमा यस्तो निर्णय गर्ने आँट गरेका थिएनन् । तर, ओलीले गरे । किनभने, ओलीसँग दुईतिहाइको सरकार छ । नेपालको राजनीतिमा विपी कोइरालापछि यो अवसर नेपाली जनताले ओलीलाई सुम्पिएका छन् । यसको श्रेय पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिनुपर्छ । किनभने, माओवादी केन्द्र र एमाले नमिलेको भए दुईतिहाइ आउने थिएन । राजनीतिक स्थिरता र आर्थिक विकासका लागि नेपाल कम्युनिष्ट पार्टीलाई जनताले रोजे ।

तर, साढे दुई वर्षमै दुईतिहाइको सरकार किन धरमराउन थाल्यो ? कसका कारण यस्तो अवस्था आयो ? दुईतिहाइको सरकारले चुनावमा गरेका वाचा कति पूरा भए, कति भएनन् ? यो कुराको समीक्षा पनि गर्नुपर्छ । दुई पार्टी मिलेर बनेको सरकार र त्यसको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीले पार्टी र सरकारभित्र सन्तुलन मिलाउन नसक्दा उनी आफैँ कमजोर बन्दै गएका छन् । पार्टीभित्र ओलीले अध्यक्ष अथवा प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने बाध्यता छैन । तर, त्यो बाध्यता उनको बोली र व्यवहारले निम्त्याएको हो ।

पार्टी एकता गर्दा जहाजको दुईवटा पाइलट भन्ने ओली एक्लैले जहाज हाँक्न खोज्दा उनी एक्लिएका हुन् । जीवनभर कम्युनिष्ट पार्टीमा लागेका उनलाई कम्युनिष्ट आचरण र व्यवहारबारे कसैले सिकाउनु पर्दैन । तर, विस्तारै उनले सरकार र पार्टी अलग्याउन थालेपछि पार्टीभित्रभित्रै कमजोर बन्न पुगेको हो । पार्टी र सरकारलाई सँगै जोड्न नसक्ने हो भने नेकपाभित्रको द्वन्द्व अन्ततः विघटन उन्मुख बन्छ । नेपालको इतिहासमा पहिलोपटक दुई कम्युनिष्ट पार्टीको एकताबाट प्राप्त उपलब्धि जोगाउन सक्ने हो भने मात्रै ओली महान् र सफल राजनेता बन्नेछन्, अन्यथा उनी इतिहासमा कलंकित बन्नेछन । आशा गरौं, नयाँ नेपाल निर्माणमा यति महत्वपूर्ण योगदान पु¥याएका नेतालाई कलंकित तुल्याउने बाटोमा नडोहो¥याऊ ।

प्रतिक्रिया दिनुहोस्