Logo
Logo

डिआइजीबीच गजबको प्रतिस्पर्धा


- दृष्टि न्युज/संवाददाता

315
Shares

काठमाडौं, २ भदौ । नेपाल प्रहरीका अधिकारीबीच बेला–बेला गजबको प्रतिस्पर्धा देखिन्छ । कहिले गुन्डालाई गोली हान्ने प्रतिस्पर्धा हुन्छ त कहिले हुन्डी व्यापारी पक्राउ गर्ने प्रतिस्पर्धा हुन्छ । यतिबेला भने आफ्नै प्रहरीलाई निलम्बन गरेर प्रचार गर्ने प्रतिस्पर्धा देखिएको छ ।

बागमती प्रदेश र प्रदेश नम्बर २ का डिआईजीबीच यस्तो प्रतिस्पर्धा देखिएको हो । छानबिनका लागि आफ्ना प्रहरीलाई निलम्बन गरेको विषयलाई पनि प्रेस रिलिज गरेर यी कार्यालयले मिडियाबाजी गर्न थालेका छन् ।

दुई साताअघि २ नम्बर प्रदेश प्रहरी कार्यालयले असई सुरेश सहनीलाई निलम्बन गरेकोबारे विज्ञप्ति नै निकालेको थियो । सर्लाहीको मोहनापुर चौकीमा कार्यरत असई सहनीलाई आर्थिक लेनेदनको आरोपमा निलम्बन गरिएको थियो । जुन विषयलाई प्रदेश कार्यालयले विज्ञप्ति नै निकालेर प्रचार गराएको थियो ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रहरीले गाडीसँग पैसा लिएको आरोपमा हवल्दार कमल खड्का र जवान वीरबहादुरप्रसाद यादवलाई निलम्बन ग¥यो । त्यस विषयलाई लिएर बागमती प्रदेश प्रहरी कार्यालयले विज्ञप्ति जारी गरेको थियो । आइतबार जारी गरेको बिज्ञप्तीमा हालसम्म १३ जना प्रहरीलाई यसरी निलम्बन गरिसकेको उल्लेख गरिएको छ । त्यस्तै प्रदेश २ मा डिआईजी सिह गएयता आठ जना प्रहरी निलम्बनमा परेका छन् ।

प्रहरीमा सुधारका लागि गल्ती गर्नेलाई कारबाही गर्नैपर्छ । तर, आन्तरिक छानबिनको विषयलाई मिडियामा प्रचार नै गरेर आफु हिरो बन्न खोज्ने प्रवृत्तिलाई भने प्रहरीभित्रै अनौठो मानिएको छ । प्रदेश नम्बर २ का डिआईजी धिरजप्रताप सिंह र बागमती प्रदेशका बसन्त कुमार लामाबीच यस्तो गजबको प्रतिस्पर्धा देखिएको छ । दुवै जना एउटै ब्याची हुन् । दुवै जनाले निलम्बन अभियान अघि बढाएपछि वर्षाेदेखि घुमुवाका रुपमा कार्यरत प्रहरीलाई भने आफ्नो गोप्य टिममै राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्