Logo
Logo

भन्सारमै थन्कियो मास्क


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ भदौ । काठमाडौं उपत्यका कोरोना भाइरसको जोखिममा छ । सरकारले सर्वसाधारण जनतालाई मास्क अनिवार्य लगाउनुपर्ने नियम बनाएको छ ।

यसैबीच चीन सरकारले नागरिक उड्डयन मन्त्रालयको नाममा ५० हजार थान मास्क पठाएको छ । उक्त मास्क अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा थन्किएको कर्मचारीले दृष्टिलाई जानकारी गराएका छन् ।

गत जुलाई २६ तारिखका दिन हिमालयन एयरलाइन्समार्फत काठमाडौँ आइपुगेको ‘मास्क’ अहिलेसम्म भन्सारमै थन्कनुले कोरोना संक्रमणप्रति पर्यटन मन्त्रालयका कर्मचारीहरुले कतिसम्म लापरवाही गर्दारहेछन् भन्ने कुरा पुष्टि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्