काठमाडौं, २ भदौ
सरकारको गलत रणनीति र जनताको अनुशासनहिनताले नेपालमा कोरोना नियन्त्रण बाहिर जाने अवस्था सिर्जना भएको छैन । नेपालमा एकै दिन एक हजार भन्दा धेरै संक्रमित भएका छन् ।
पछिल्लो २४ घन्टामा एक हजार १६ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै सात जनाको मृत्यु भएको छ । उपत्यकामा दुई सय पाँच जनामा संक्रमण देखिएको छ ।
‘एकै दिन एक हजारलाई संक्रमित हुने भनेको अबको अवस्था नियन्त्रण बाहिर जान्छ,’ एक चिकित्सक भन्छन्,‘एक हजारबाट एकै दिन पाँच हजारलाई संक्रमण फैलिएको हुनसक्छ, अब घर घरमै संक्रमित मृत्यु हुने अवस्था आउन लाग्यो ।’