Logo
Logo

परराष्ट्रका तीन सहसचिव राजदूतमा नियुक्त


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २ भदौ ।
सरकारले परराष्ट्र मन्त्रालयका तीन सहसचिवलाई राजदूतमा नियुक्त गरेको छ । जर्मनीका लागि रामकाजी खड्का, पाकिस्तानमा तपस अधिकारी र इयूका लागि गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेको हो ।


सोमबारको मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई नियुक्त गरेको हो । श्रीलंका, दक्षिण कोरिया, दक्षिण अफ्रिका, अमेरिका लगायत देशमा समेत राजदूत पद नियुक्त भएपनि सरकारले नियुक्त गरेको छैन । तीन देशमा परराष्ट्र बाहिरका व्यक्तिलाई नियुक्त गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस्