काठमाडौं, २ भदौ ।
एक ३६ वर्षीया महिलालाई बन्धक बनाएर ११ दिनसमम जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका -६ स्थित डेरा गरी बस्ने उदयपुर त्रियुगा नगरपालिका(३ साउने घर भएका २२ वर्षीय लिल बहादुर मगरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।
मगरले ती महिलालाई गत साउन २१ देखि ३२ गतेसम्म ललाईफकाई आफ्नै डेरा कोठामा राखी पटक पटक जबरजस्ती करणी गरेको भन्ने खबर महानगरीय प्रहरी वृत्त महाराजगंजमा प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त सातदोबाटो ललितपुरमा बुझाएको हो।
यसैगरी मकवानपुरमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा थाहा नगरपालिका(१२ जगडाँडा बस्ने १६ वर्षीय किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ।