वीरगंज, ३ भदौ ।
वीरगंजमा कोरोना संक्रमणबाट नेपाल टेलिकमका कर्मचारीको मृत्यु भएको छ । वीरगंज १५ लक्षुमानवा घर भई नेपाल नेपाल टेलिकम वीरगंजमा कार्यरत ६० वर्षीय कर्मचारीको मृत्यु भएको हो ।
एक सातादेखि ज्वरो, सुक्खा खोकी र निमोनियाबाट पीडित वृद्धको एक बुधवार बिहान अचानक अवस्था बिग्रिन थालेपछि नारायणी अस्पतालमा भर्ना गरी उपचार गरिरहेको अवस्थामा मंगलवार दिउँसो २ बजे मृत्यु भएको थियो।
उनको स्वाब परीक्षण गर्दा जेन एक्सपर्ट परीक्षणमा राति ८ बजे उनको रिपोर्ट पोजिटिभ आएको हो। उनी एक सातादेखि घरमै औषधि उपचार गराउदै आएका थिए।
वीरगञ्जमा कोरोना समुदायस्तरमै फैलिएको छ । बुधबार एक सय भन्दा धेरै संक्रमित थपिएका छन् ।