Logo
Logo

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्तिम विदाई


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ३ भदौं । मंगलबार साँझ निधन भएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको अन्त्यष्टि गरिएको छ । बुधबार पशुपति आर्यघाटमा स्व. घिमिरेको राष्टिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
स्व. घिमिरेलाई नेपाली सेना तथा सशस्त्र प्रहरीको एक टुकडीले सलामी अपर्ण गरेका थिए । पार्थिव शरीर नेपाली सेनाको सवारीमार्फत आर्यघाट पुर्याइएको थियो । बुधबारै घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए ।


साथै उच्च पदस्थ सरकारी अधिकारी, शुभेच्छुक, शुभचिन्तक, आफन्त र साहित्यकार लगायत विभिन्न क्षेत्रका व्यक्तिहरु पनि घिमिरे निवास लैनचौर पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए । घिमिरेको १०२ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको थियो ।
राष्ट्रकविको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपछि विद्या भण्डारीलगायत विभिन्न राजनीतिक दलका नेताहरुले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
लम्जुङ जिल्लाको पुस्तुन गाउँमा १९७६ असोज ७ गते जन्मिएका घिमिरेका दर्जनौँ कृति चर्चित छन् ।

प्रतिक्रिया दिनुहोस्