काठमाडौं, २ भदौ ।
निर्वाचन आयोगले नेकपा–एमाले दर्ता गरेको छ । दल दर्ताका लागि एक महिनाअघि निवेदन परेको थियो ।
पूर्व एमाले निकट कार्यकर्ताले सो पार्टी दर्ता गरेका हुन् । सन्ध्या तिवारीको नेतृत्वमा पार्टी दर्ता भएको छ । निर्वाचन आयोगले माग अनुसार नै सो दललाई उदाउँदो सूर्य निर्वाचन चिन्ह दिएको छ ।
सो दल दर्ताको विषयलाई लिएर नेकपाभित्र समेत अनेक आशंका गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा दल दर्ता गरिएको आरोप वामदेव गौतम लगायतका नेताले लगाउँदै आएका छन् । सो दलमा ओली पक्षका युवा कार्यकर्ताहरु छन् ।