- नन्दा थापा
बाजुरा, ३ साउन । जिल्लाको बुढिनन्दा नगरपालिका वडा न–२ धुपागाढमा बाढीले वितण्डा मच्चाएको छ । पहिरोका कारण कोल्टीको गाउँ नै हल्लाएपछि सबै स्थानीय भागेर खुला चौरतिर गएका छन । प्रदिपराज जोशीको घट्ट मेशीनसहित डेढ करोडौँको क्षति भएको स्वयंम जोशीले बताएका छन । बुढिनन्दा नगरपालिका–३ नुरीको आसपासका खोला नजिकमा पहिरो लागेर थुनिँदै खोला बढ्दै बाढीले आएको आएको स्थानीयले बताएका छन ।
राती घट्ट पिस्न गएको समयमा बाढिले बगाएर १ जना महिलाको मृत्यु भएको छ ।
राति घट्ट पिस्न गएको समयमा बड्डिगाढ नदीमा पानीको बहाव बढेसँगै मृत्यु भएको हो । मृत्यु हुनेमा बुढिनन्दा नगरपालिका वडा न–६ की भिनु ल्वार रहेकी छन ।् उनको शव खोलाको तिरमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी लोकेन्द्र सिंह ठगुन्नाले बताए । राति साढे १ बजेतिर उक्त बाढी आएको सुचना अधिकारी ठगुन्नाले बताए ।
रातीको समय भएकाले कुन ठाउँमा कति क्षति गर्याे भन्ने थाहा हुन नसकेपनि सो खोलामा आएको बाढीले पिलुचौरसम्म धेरै क्षति गरेको हुन सक्ने उनले बताएका छन ।
यस्तै, जगन्नाथ गाउँपालिका वडा न–१ पिलुचौरमा १ जनाको वेवारिसे अबस्सस्थामा शव फेला परेको छ । आज बिहान एक वृद्ध महिलाको बेवारिसे शव फेला परेको, शव सडेगलेको अबस्थामा फेला परेका कारण पहिचान नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
साथै बुढिनन्दा नपा ६ लाटुबस्ती बस्ने बर्ष ६० की मानसिक सन्तुलन गुमाएका धनसरा लुहार गत साउन २९ गतेदेखि हराएकोले शव निजकै हुन सक्ने आशंका गरिएको छ ।सडेको अवस्थामा शव फेलाका कारण पहिचान गर्न आफन्तलाई बोलाएको प्रहरीले बताएको छ ।
यस्बै, त्रिवेणी नगरपालिकामा अविरल बर्षासँगै आएको मालागाड खोलाले लाखौँको क्षति पु¥याएको छ । त्रिवेणी नगरपालिका वडा नम्वर– ८ मा पर्नेे मालागाड नदी एक्कासी राति उर्लेर आउँदा खोलाको आसपासका खेत र मालागाड जलविद्युत आयोजनाको कुलो समेत क्षति भएकाले विजुली अवरुद्ध भएको स्थानयी राजेश थापाले बताएका छन ।
पहिरोमा पुरीएर १ बालिकाको मृत्यु २ जना घाईते
उता, खप्तड छेडेदह गाउँपालिकामा घरनजिकै आएको पहिरोमा परी १ जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुने खप्तड छेडेदह गाउँपालिका वडा न ५ की बर्ष ३ की सनीका बुढा रहेकी छन् । त्यसैगरी सोही घरकी ५ बर्षिया बालिका बिनिता बुढा र ६० बर्षिया उनकी आमा नन्दा बुढा घाइते भएकी जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
राती सुतेको बेला घरको माथिबाट आएको पहिरोमा परी १ बालिकाको मृत्यु भएको र २ जना घाइते भएको प्रहरी निरीक्षक लोकेन्द्र सिह ठगुन्नाले बताएका छन् ।