Logo
Logo

युद्ध मैदान छाड्दै अर्थमन्त्री


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ९ भदौ । अर्थमन्त्री युवराज खतिवडाको दुई वर्षे कार्यकाल सकिएपछि राष्ट्रियसभामा रिक्त सदस्यमा नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई नियुक्त गर्ने पार्टी निर्णय कार्यान्वयन गर्नुपर्ने बहुमत सचिवालय सदस्यको अडान थियो । प्रधानमन्त्री ओलीले चाहिँ जसरी पनि खतिवडालाई नै मनोनित गरेर अर्थमन्त्रीमा निरन्तरता दिन चाहेपछि उक्त निर्णय हालसम्म कार्यान्वयन हुनसकेको छैन ।

साँढे दुई वर्षअघि प्रधानमन्त्रीको सपथ ग्रहणसँगै गठित मन्त्रीमण्डलमा एकाएक अर्थमन्त्री बनेर सबैलाई चकित तुल्याएपछि तत्कालीन एमालेका नेताहरूले समेत त्यसको जरो पत्ता लगाउन धेरै पटक निधार खुम्चाएका थिए । यसबीचमा घोषणा भएका तीनवटा बजेटमा उल्लेख गरिएका विषय र कार्यक्रमले खतिवडा कहाँबाट परिचालित छन् भन्ने हेक्का सबैलाई हुन थाल्यो । सर्वसाधारणले समेत उनले निमुखा जनता र मुलुकको वास्तविक अर्थतन्त्रलाई भन्दा देशी विदेशी शक्ति केन्द्र र अन्तर्राष्ट्रिय दातृ निकायको फेरो समाएको पनि प्रष्ट हुँदै गयो ।

विवादकै बीच छ महिनाको लागि पुनः अर्थ र सञ्चार तथा सूचना प्रविधीमन्त्री पदमा नियुक्त भएपछि गत फागुन तेस्रो साता अर्थमन्त्रालयमा पदभार गर्नेक्रममा खतिवडाले सबैलाई चेतावनीको शैैलीमा भने ‘म योद्धा हुँ, कमाण्डरले फिर्ता नबोलाएसम्म लडिरहन्छु, युद्ध मैदान छाड्दिनँ ।’ उनले अझ हौसिँदै भनेका थिए ‘योद्धा लडाईँमा त्यो बेलासम्म लडिरहन्छ, जुन बेलासम्म कमान्डरले फिर्ता बोलाउँदैन वा युद्ध जितिँदैन, मेरो चाहना पनि त्यही हो ।’

उनले पञ्चायतकालीन राजाको भाषणलाई बिर्साउने गरी त्यसबेला थपेका थिए ‘अझ जबसम्म युद्ध जितिँदैन मुलुकको गरिबी, अभाव, रोग, भोक, शोक र अन्यायको बिरुद्धमा लडिरहने भएकाले यसको कुनै समयसीमा नै छैन’ । तर, तीनै अर्थमन्त्री अब बढीमा ११ दिन मात्र सिंहदरबार जान पाउने अवस्थामा पुगेका छन् । सांसद नभएको व्यक्ति बढीमा छ महिनामात्र मन्त्री बन्नसक्ने संवैधानिक व्यवस्था छ । भदौ २० गतेभित्र उनी राष्ट्रिय सभाका सांसदमा नियुक्त नभए स्वतः मन्त्रीबाट हट्ने छन् ।

कुनै राजनीतिक प्रतिस्पर्धा र योगदान नै नगरी एकपछि अर्को अवसर प्राप्ती पश्चात् टुप्पिएका खतिवडाको फूर्ती राष्ट्रिय सभाको सदस्य नभएपनि दुई वटा मन्त्रालयमा रातारात भएको पुनर्नियुक्तीपछि बढेको थियो । अर्थ मन्त्रालयमा बसेर राष्ट्र बैंकदेखि सबै क्षेत्रको बागडोर आफैँले खिच्न थालेपछि स्वयम् मन्त्रालयका उच्च पदस्थ कर्मचारी समेत सर्तक बने । राजनीतिक रूपले खारिँदै आएका र पूर्व एमालेको राजनीतिमा नजिकबाट खटिएका राजश्व सचिव रामशरण पुडासैनीलाई समेत उनले मैँ हुँ भन्ने व्यवहार गरेपछि अर्थमन्त्रीसँग निजामती कर्मचारी पनि आजित बनेका थिए ।

एउटा टेक्नोक्र्याटलाई उसको क्षमताभन्दा धेरै गह्रुगो भारी बोकाएपछि पछिल्लो दिनमा स्वयम् प्रधानमन्त्री नै अप्ठेरोमा पर्न थाले । मौकामा चौका हान्दै चालु आर्थिक वर्षको बजेट घोषणा पूर्व गरिएको विद्युतीय गाडी र चकलेटको भन्सार दरमाथिको ‘एक्सचेञ्ज’ छताछुल्ल भएपछि प्रधानमन्त्री पनि उनको बारेमा सोच्न बाध्य भएको बालुवाटार निकट स्रोतको दाबी छ ।

पुनः छ वर्षे कार्यकाल हुने राष्ट्रियसभाको सदस्यमा पुनः नियुक्तीको लागि मरिहत्ते गरेका खतिवडा नेकपाभित्रको समस्या हाललाई मत्थर हुने क्रममा रहेको, गौतमलाई नै राष्ट्रिय सभामा नियुक्त गर्ने भएपछि स्वतः हट्ने अवस्थामा पुगेका हुन् ।

साँढे दुई वर्षअघि प्रधानमन्त्रीको सपथ ग्रहणसँगै गठित मन्त्रीमण्डलमा एकाएक अर्थमन्त्री बनेर सबैलाई चकित तुल्याएपछि तत्कालीन एमालेका नेताहरूले समेत त्यसको जरो पत्ता लगाउन धेरै पटक निधार खुम्चाएका थिए । यसबीचमा घोषणा भएका तीनवटा बजेटमा उल्लेख गरिएका विषय र कार्यक्रमले खतिवडा कहाँबाट परिचालित छन् भन्ने हेक्का सबैलाई हुन थाल्यो । सर्वसाधारणले समेत उनले निमुखा जनता र मुलुकको वास्तविक अर्थतन्त्रलाई भन्दा देशी विदेशी शक्ति केन्द्र र अन्तर्राष्ट्रिय दातृ निकायको फेरो समाएको पनि प्रष्ट हुँदै गयो ।

उनी त्यहि फेरोलाई नवीकरण गर्दै अर्थमन्त्रीमा टिकिरहन विभिन्न दाउपेचमा अहिले पनि उनी संलग्न भएको अर्थ मन्त्रालयका अधिकारीहरूले नै स्वीकारेका छन् । विश्व बैंक, आईएमएफ र युएनडीपीसँग राष्ट्र बैंकमा छँदै बेजोडको सम्बन्ध बनाएका खतिवडाले गतसाता मात्र विश्व बैंकका क्षेत्रीय उपाध्यक्षसँग गरेको टेलिफोन वार्तालाई त्यसैको कडीको रूपमा लिइएको छ । बैंकका एशिया प्रशान्त क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरसँग गरिएको भर्चुअल भेट वार्तामा उनले कोरोनाको कारण मुलुकको स्रोत व्यवस्थापन कठिन बन्दै गएको रोइलो गरेका थिए ।

आफूलाई अर्थतन्त्रको खम्बा नै ठान्ने मन्त्रीले उपाध्यक्षसँगको भेटमा कोरोनाले नेपालको पर्यटन, उत्पानमूलक उद्योग र निर्माण क्षेत्रको वृद्धिदरलाई संकुचन गरेपनि आर्थिक वृद्धिबाहेकका अन्य समग्र आर्थिक परिसूचकहरू सकारात्मक रहेको जिकीर गरेका थिए । विज्ञहरू भन्छन् ः ‘यो उनको हठ हो । फट्याईं हो । आर्थिक वृद्धि नहुने वा नभएको सकारात्मक आर्थिक परिसूचक भनेको के हो ? आफूले जे भनेपनि अरुले पत्याउँछन् भन्ने उनले हामीलाई गरेको राउटे झैँ अनपढको मूल्याङ्कन हो ।’

आफ्नो म्याद सकिन लागेको पूर्वसन्ध्यामा अर्थमन्त्रीले विश्व बैंकमा गरेको सम्पर्कको पहललाई अर्थपूर्ण ठानिएको छ । आन्तरिक राजनीति आफ्नो प्रतिकूल हुँदै गएपछि उनले विगतको च्यानललाई समाएर प्रधानमन्त्री ओलीमाथि दबाब बढाउने प्रयास गरेको रूपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्