काठमाडौं, ९ भदौ ।
उपत्यकामा हालसम्मकै उच्च संक्रमण देखिएको छ । उपत्यकामा मंगलबार दुई सय ३२ जनामा संक्रमण पुष्टि भएको छ । यो हालसम्म उच्च संक्रमण हो ।
देशभरी पनि एकैदिन दोस्रो धेरै संख्यामा संक्रमित बढेका छन् । ८ सय ५५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा सात जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा ३३ हजार पाँच सय ३३ जनामा संक्रमण देखिएकोमा १९ हजार एक सय १९ जना डिस्चार्ज भएका छन् । एक सय ६४ जनाले ज्यान गुमाएका छन् ।
उपत्यकाका केही दिनयता दैनिक दुई सयको दरले संक्रमित बढेका छन् । संक्रमण बढेकाले निषेज्ञाधा थप्ने तयारी छ ।