Logo
Logo

उपत्यकामा एक साता निषेधाज्ञा थप्ने निर्णय


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ९ भदौ ।

उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप भएको छ। उपत्यकाका तीनै जिल्लाका जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको संयुक्त बैठकले एक साताका लागि निषेधाज्ञा थप्न सिफारिस गरेको हो । सोही सिफारिसका आधारमा तीनै जिल्लाका सिडिओले निषेधाज्ञा थप्ने निर्णय गरेका छन् ।

 काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय पुगेर यससम्बन्धि निर्णय गरेका छन् । उपत्यकाका दैनिक २ सय भन्दा धेरै नयाँ संक्रमित बढेकाले निषेधाज्ञा बढाउनुको विकल्प नभएको निष्कर्ष निकालिएको छ । 

उपत्यकाका ४ भदौदेखि एक साताका लागि निषेधाज्ञा लागू गरिएको थियो । जून बुधबार सकिन लागेकाले थप हुन लागेको हो । १७ भदौसम्म निषेधाज्ञा थप भएको हो । त्यसपछि परिस्थिती हेरेर निर्णय लिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्