काठमाडौँ, १० भदौ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। एकैदिन संक्रमित भएको यो दोस्रो धेरै दिन हो ।
उपत्यकामा पनि अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् । एकै दिन ३ सय १ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँमा २३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित देखिएका मन्त्रालयले बुधबार जानकारी दिएको हो ।
यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३४ हजार ४१८ पुगेको छ। मन्त्रालयका अनुसार बुधबार ३ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १९ हजार ५ सय ४ पुगेको छ।
पछिल्लो २४ घण्टामा १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गरिएको छ। संक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ३९ जना रहेको छ।