Logo
Logo

कोरोना संक्रमित गर्भवतीको मृत्यु


- दृष्टि न्युज/संवाददाता

0
Shares

कलैया, ११ भदौ । बाराको सुवर्ण गाउँपालिका–४ की कोरोना संक्रमित एक गर्भवती महिलाको उपचारका क्रममा बिहीबार वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि १० भदौदेखि अस्पतालमा उपचाररत २३ वर्षीया ती महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाराले जनाएको छ । ती महिला ३३ हप्ताकी गर्भवती थिइन् ।
ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि आफन्तले उनलाई नारायणी अस्पतालमा भर्ना गराएका थिए । उच्च रक्तचापसमेत रहेको ती महिलाको भदौ ८ गते स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । उपचारकै क्रममा आज बिहान साढे ६ बजे उनको मृत्यु भएको छ । मृतकको शव व्यवस्थापन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले बताए ।

प्रतिक्रिया दिनुहोस्